बन्दिपुर गाउँपालिका, गण्डकी प्रदेश तनहुँ जिल्लामा पर्यटकीय महत्त्व बोकेर १०२ बर्ग कि.मि. क्षेत्रफलमा फैलिएको सानो तर विविधताले सजिएको सुन्दर गाउँपालिका हो। आ.व. २०६८/६९ मा साविक धरमपानी र बन्दिपुर गाउँ विकास समितिहरुलाई समेटेर बन्दिपुर नगरपालिका घोषणा गरिएको थियो। वि.स. २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम भएसंगै साविक बन्दिपुर नगरपालिका, घाँसीकुवाका गा.वि.सका १ र ९ वडाहरु र केशवटार गा.वि.सका १, ८ र ९ वडाहरुलाई समावेश गरि ६ वडाहरु सहितको बन्दिपुर गाउँपालिका घोषणा भएको हो।
नयाँ वडा |
समावेश गा.वि.स./नगरपालिका |
जनसंख्या (२०६८) |
क्षेत्रफल |
१ |
बन्दिपुर (१) र घाँसीकुवा (९) |
४३७५ |
१३.१२ |
२ |
बन्दिपुर(२,३) |
३२६० |
१८.०२ |
३ |
घाँसीकुवा(९) र केशवटार(१,८,९) |
२४२३ |
१५.५२ |
४ |
बन्दिपुर (४,६) |
३९४४ |
१०.५० |
५ |
बन्दिपुर (५,७) |
२८६९ |
१३.९० |
६ |
बन्दिपुर(८-११) |
३१४१ |
३०.४७ |
|
जम्मा |
२००१३ |
१०१.५३ |
बन्दिपुर, तनहुँ जिल्लाको पुरानो सदरमुकाम हो। यो शहर मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडका तनहुँ, कास्की, लम्जुङ्ग, गोर्खा र मनाङ्गको लागि दक्षिणबाट सामान ल्याउने मुख्य व्यापारिक नाकाको रुपमा विकास भएको थियो। यस ठाउँबाट बि.स. २०२५ सालमा सदरमुकाम दमौली सारिए पनि सांकृतिक सम्पदा र प्राकृतिक मनोरमताको प्रचारप्रसारसंगै बन्दिपुर व्यापारिक नाकाबाट पर्यटकीय स्थानको रुपमा विश्वभर नै प्रसिद्धि छ।
बन्दिपुर गाउँपालिका अन्तर्गत विशेष पर्यटकीय सम्भाब्यता बोकेका मुख्य स्थानहरु
१. बन्दिपुर बजार : प्राचिन नेवारी सम्पदा संरक्षित क्षेत्र
२. सिद्ध गुफा : नेपाल कै सवैभन्दा ठुलो प्राकृतिक गुफा
३. टुडिखेल : मर्स्याङ्दी उपत्याका र हिम श्रीङ्खला दृष्टिगोचर
४. थानीमाई र मुकुन्देश्वरी : बन्दिपुर बजार, मर्स्याङ्दी उपत्याका र हिम श्रीङ्खला दृष्टिगोचर
५. तीनधारा : बन्दिपुरको खानेपानी आपुर्ती गर्ने पुरानो र मुख्य श्रोत
६. संस्कृति : मगर, गुरुङ्ग, नेवार आदी
बन्दिपुर शाहसिक खेलहरु जस्तै प्याराज्लाडिङ, रक क्लाइम्विङ, र्याफ्टिङ र ट्रेकिङ्ग ट्रेल तथा रुटहरु पनि रहेका छन।