FAQs Complain Problems

समाचार

संक्षिप्त परिचय

बन्दिपुर गाउँपालिका, गण्डकी प्रदेश तनहुँ जिल्लामा पर्यटकीय महत्त्व बोकेर १०२ बर्ग कि.मि. क्षेत्रफलमा फैलिएको सानो तर विविधताले सजिएको सुन्दर गाउँपालिका हो। आ.व. २०६८/६९ मा साविक धरमपानी र बन्दिपुर गाउँ विकास समितिहरुलाई समेटेर बन्दिपुर नगरपालिका घोषणा गरिएको थियो। वि.स. २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम भएसंगै साविक बन्दिपुर नगरपालिका, घाँसीकुवाका गा.वि.सका १ र ९ वडाहरु र केशवटार गा.वि.सका १, ८ र ९ वडाहरुलाई समावेश गरि ६ वडाहरु सहितको बन्दिपुर गाउँपालिका घोषणा भएको हो।

नयाँ वडा समावेश गा.वि.स./नगरपालिका जनसंख्या (२०६८) क्षेत्रफल
बन्दिपुर (१) र घाँसीकुवा (९) ४३७५ १३.१२
बन्दिपुर(२,३) ३२६० १८.०२
घाँसीकुवा(९) र केशवटार(१,८,९) २४२३ १५.५२
बन्दिपुर (४,६) ३९४४ १०.५०
बन्दिपुर (५,७) २८६९ १३.९०
बन्दिपुर(८-११) ३१४१ ३०.४७
  जम्मा २००१३ १०१.५३

 

Ward boundary

बन्दिपुर, तनहुँ जिल्लाको पुरानो सदरमुकाम हो। यो शहर मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडका तनहुँ, कास्की, लम्जुङ्ग, गोर्खा र मनाङ्गको लागि दक्षिणबाट सामान ल्याउने मुख्य व्यापारिक नाकाको रुपमा विकास भएको थियो। यस ठाउँबाट बि.स. २०२५ सालमा सदरमुकाम दमौली सारिए पनि सांकृतिक सम्पदा र प्राकृतिक मनोरमताको प्रचारप्रसारसंगै बन्दिपुर व्यापारिक नाकाबाट पर्यटकीय स्थानको रुपमा विश्वभर नै प्रसिद्धि छ। बन्दिपुर गाउँपालिका भित्र १० वटा सामुदायिक होमस्टेहरु र विभिन्न स्तरको १२४ होटेलहरु रहेका छन।

 

बन्दिपुर गाउँपालिका अन्तर्गत विशेष पर्यटकीय सम्भाब्यता बोकेका मुख्य स्थानहरु

१. बन्दिपुर बजार : प्राचिन नेवारी सम्पदा संरक्षित क्षेत्र

२. सिद्ध गुफा : नेपाल कै सवैभन्दा ठुलो प्राकृतिक गुफा

३. टुडिखेल : मर्स्याङ्दी उपत्याका र हिम श्रीङ्खला दृष्टिगोचर

४. थानीमाई र मुकुन्देश्वरी : बन्दिपुर बजार, मर्स्याङ्दी उपत्याका र हिम श्रीङ्खला दृष्टिगोचर

५. तीनधारा : बन्दिपुरको खानेपानी आपुर्ती गर्ने पुरानो र मुख्य श्रोत

६. संस्कृति : मगर, गुरुङ्ग, नेवार आदी

 

बन्दिपुर शाहसिक खेलहरु जस्तै प्याराज्लाडिङ, रक क्लाइम्विङ, र्‍याफ्टिङ र ट्रेकिङ्ग ट्रेल तथा रुटहरु पनि रहेका छन भने पर्यटन विकासको लागि गाउँपालिकामा तपशिल बमोजिमका गौरवका योजनाहरु गुरुयोजनामा समावेश गरि काम थालनि गरिएको छ।

१. बन्दिपुर विकास गुरुयोजना - २० बर्षे दिर्घकालिन गुरुयोजना

२. बन्दिपुर सिसाको भ्यु पोईन्ट - टुडिखेल, बन्दिपुरको सम्पदाहरु भल्कने

३. थानिमाई-मुकुन्देश्वरी स्तम्भपथ - मिनि ग्रेटवाल

४. बन्दिपुर तालपार्क - सिंचाई तथा पर्यटन विकासको लागि ५ बर्ग किमीमा फैलने ताल