FAQs Complain Problems

बन्दिपुर

Read More

बजार क्षेत्र

Read More

प्याराग्लाइडि‌ङ्ग

Read More

रामकोट-बन्दिपुर जोड्ने साईकल लेन

Read More

बन्दिपुर गाउँपालिकाको संक्षिप्त परिचय

बन्दिपुर गाउँपालिका, गण्डकी प्रदेश तनहुँ जिल्लामा पर्यटकीय महत्त्व बोकेर १०२ बर्ग कि.मि. क्षेत्रफलमा फैलिएको सानो तर विविधताले सजिएको सुन्दर गाउँपालिका हो। आ.व. २०७०/७१ (२०७१ बैशाख २५ गते) मा साविक धरमपानी र बन्दिपुर गाउँ विकास समितिहरुलाई समेटेर बन्दिपुर नगरपालिका घोषणा गरिएको थियो। वि.स. २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम भएसंगै साविक बन्दिपुर नगरपालिका, घाँसीकुवाका गा.वि.सका १ र ९ वडाहरु र केशवटार गा.वि.सका १, ८ र ९ वडाहरुलाई समावेश गरि ६ वडाहरु सहितको बन्दिपुर गाउँपालिका घोषणा भएको हो।

नयाँ वडा समावेश गा.वि.स./नगरपालिका जनसंख्या (२०७८) क्षेत्रफल
बन्दिपुर (१) र घाँसीकुवा (९) ४७५८ १३.१२
बन्दिपुर(२,३) ३१४६ १८.०२
घाँसीकुवा(९) र केशवटार(१,८,९) २०१७ १५.५२
बन्दिपुर (४,६) ३९७८ १०.५०
बन्दिपुर (५,७) २६१७ १३.९०
बन्दिपुर(८-११) २०१६ ३०.४७
  जम्मा १८५३२ १०१.५३

 

 

बन्दिपुर, तनहुँ जिल्लाको पुरानो सदरमुकाम हो। यो शहर मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडका तनहुँ, कास्की, लम्जुङ्ग, गोर्खा र मनाङ्गको लागि दक्षिणबाट सामान ल्याउने मुख्य व्यापारिक नाकाको रुपमा विकास भएको थियो। यस ठाउँबाट बि.स. २०२५ सालमा सदरमुकाम दमौली सारिए पनि सांकृतिक सम्पदा र प्राकृतिक मनोरमताको प्रचारप्रसारसंगै बन्दिपुर व्यापारिक नाकाबाट पर्यटकीय स्थानको रुपमा विश्वभर नै प्रसिद्धि छ।

 

जन प्रतिनिधि

बन्दिपुर गाउँपालिका, गाउँ कार्यपालिकाका पदाधिकारीहरुको विवरण

सुरेन्द्र बहादुर थापा
गाउँपालिका अध्यक्ष
surendrathapabandipur@gmail.com
९८४६७२३७३९
पञ्च माया गुरुङ्ग
गाउँपालिका उपाध्यक्ष
९८४१७१३६५९

कर्मचारी

बन्दिपुर गाउँपालिका, गाउँ कार्यपालिकाका पदाधिकारीहरुको विवरण

जानकारी