FAQs Complain Problems

Visit Nepal 2020 ! Destination Bandipur 2076

Read More

बन्दिपुर बजार क्षेत्र

Read More

बन्दिपुर गाउँपालिकाको संक्षिप्त परिचय

बन्दीपुर गाउँपालिका नेपालको गण्डकी प्रदेशमा पर्ने तनहुँ जिल्लामा अवस्थित एक गाउँपालिका हो । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा बन्दीपुरलाई नगरपालिका घोषणा गरिएको थियो । यसलाई नगरपालिका घोषणा गर्दा धरमपानी र बन्दीपुर गाउँ विकास समितिहरू समावेश गरिएका थिए । विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा साविकको बन्दीपुर नगरपालिकामा घाँसीकुवाका (१र ९) वडाहरू, र केशवटारका (१,८ र ९) वडाहरूलाई समेटेर बन्दीपुर गाउँपालिका घोषणा गरिएको हो । बन्दीपुर गाउँपालिकाको केन्द्र साविक बन्दीपुर नगरपालिकाको कार्यालय रहको छ । बन्दीपुर गाउँपालिकामा ६ वडाहरू रहेका छन । बन्दीपुरको कुल क्षेत्रफल १०२ वर्ग कि.मी. छ । राष्ट्रिय जनगणना २०६८का अनुसार यी ठाउँहरूको जनसंख्यालाई जोडेर बन्दीपुर गाउँपालिकाको जनसंख्या २०,०१३ रहेको छ ।  बन्दीपुर तनहुँको पुरानो सदरमुकाम सहर हो । यो शहर मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडको मुख्य व्यापारीक नाकाको रूपमा रहेको थियो । तनहुँ, कास्की, लमजुङ र गोरखाको लागि दक्षिणबाट सामान ल्याउने र पहाडी भेगबाट सामान दक्षिण पठाउने मुख्य स्थलको रूपमा यो नाकाको विकास भएको हो । तनहुँ जिल्लाको सदरमुकामको रूपमा रहेको यस ठाउँबाट विसं २०२५ सालमा उक्त सदरमुकामलाई दमौली सारिएको थियो ।

नेवार संस्कृतिमा लिपिएको बन्दीपुरको सहरी संरचना साढे दुई सय वर्ष पुरानो मानिन्छ । रहनसहन, थिति र संरचनाका साथसाथ प्राकृतिक सौन्दर्य बन्दीपुरका विशेषता हुन् । बन्दीपुर वरिपरिका गाउँमा मगर संस्कृतिको अवलोकन गर्न पाइन्छ । हिमालयको फराकिलो दृश्य बन्दीपुरको विशेषता हो । बजारबाट दश मिनेट परको टुँडिखेलबाट हिमालको हिउँमात्र देखिँदैन, ३०० कि.मी. फराकिलो क्षितिजमा फैलिएका फाँट, पहाड पनि देखिन्छन् ।

बन्दीपुरबाट दुई घण्टा हिँडेर पातालीद्वार वा स्वर्गद्वारी गुफा पुग्न सकिन्छ । यहाँको सिद्ध गुफा नेपालकै सबैभन्दा ठूलो गुफा मानिन्छ । बन्दीपुर वरिपरिका डाँडा हाइकिङका दृष्टिले पनि उपयुक्त मानिन्छन् । बन्दीपुर प्याराग्लाइडिङका लागि पनि चर्चित छ । ११५० मिटर उचाइमा रहेको भञ्ज्याङचौतारा, बुरुञ्चे डाँडाबाट प्याराग्लाइडिङ सुचारु भैरहेको छ ।

यहाको मुख्य व्यापारिक स्थानहरु डुम्रे बजार र बन्दीपुर बजार हुन् ।

 बन्दीपुरका प्रमुख आकर्षणहरुमा खड्गदेवी माई मन्दिर पनि एक हो ।

सूचना तथा समाचार

जन प्रतिनिधि

पूर्ण सिं थापा
गाउँपालिका अध्यक्ष
purnasinghthapabandipur@gmail.com
९८५६००३१०१
करुणा गुरुङ
गाउँपालिका उपाध्यक्ष
karunagurungbandipur@gmail.com
९८५६००३१०२

Services

सेवा प्रकारः- सामाजिक सुरक्षा भत्ता
सेवा समयः- तुरुन्त (बुझ्नु पर्ने भएमा ७ दिन)
जिम्मेवार अधिकारीः- वडा सचिव / स्थानीय पञ्जिकाधिकारी / सामाजिक सुरक्षा शाखा
सेवा दिने कार्यालयः- वडा कार्यालय ( सम्बन्धित) / सामाजिक सुरक्षा शाखा ( गापा)
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१. सामाजिक सुरक्षा भत्ता परिचय पत्र वा नागरिकता प्रमाण पत्रको प्रतिलिपि

यदि नभएको खण्डमा

क. आमा वावुको नाम र नागरिकता विवरण प्रष्ट खुल्ने कागजातको प्रतिलिपि

ख. संरक्षकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि

सेवा प्रकारः- सामाजिक सुरक्षा भत्ता
सेवा समयः- तुरुन्त (बुझ्नु पर्ने भएमा ७ दिन)
जिम्मेवार अधिकारीः- वडा सचिव / स्थानीय पञ्जिकाधिकारी / सामाजिक सुरक्षा शाखा
सेवा दिने कार्यालयः- वडा कार्यालय ( सम्बन्धित) / सामाजिक सुरक्षा शाखा ( गापा)
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१. नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि ( जेष्ठ नागरिक, विधवा, एकल महिला सुरक्षा )

२. जन्म दर्ता प्रमाण पत्र र आमा वाबुको (सुचक/अभिभावक/संरक्षक) नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि ( दलित बाल बालिका  पोषण सुरक्षा )

३. विवाह दर्ता प्रमाणपत्रको र पतिको मृत्यु दर्ता  प्रमाण पत्रको प्रतिलिपि ( विधवा )

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- तुरुन्त (बुझ्नु पर्ने भएमा ७ दिन)
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय ( सम्बन्धित)
सेवा शुल्कः- मृ्त्यु भएको(प्रमाणित) ३५ दिन भित्र - निशुल्क / ३५ दिन कटेमा रु ५०/- सम्म
आवश्यक कागजातहरुः-

१. मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ( नागरिकता बनेको भएमा)

२. सुचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३. विदेशी भएमा सुचक र मृतकको राहदानी, पवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- तुरुन्त (बुझ्नु पर्ने भएमा ७ दिन)
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय ( सम्बन्धित)
सेवा शुल्कः- बसाईसराई मितिको ३५ दिन भित्र - निशुल्क / ३५ दिन कटेमा रु ५०/- सम्म
आवश्यक कागजातहरुः-

१. सुचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि;

२. बसाइँसराईको लगत हस्तान्तरण फारमको सक्कल प्रति।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- तुरुन्त (बुझ्नु पर्ने भएमा ७ दिन)
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय ( सम्बन्धित)
सेवा शुल्कः- प्रमाण पत्र जारी मितिको ३५ दिन भित्र - निशुल्क / ३५ दिन कटेमा रु ५०/- सम्म
आवश्यक कागजातहरुः-

१. सुचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

२. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- तुरुन्त (बुझ्नु पर्ने भएमा ७ दिन)
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय ( सम्बन्धित)
सेवा शुल्कः- विवाह मितिको ३५ दिन भित्र - निशुल्क / ३५ दिन कटेमा रु ५०/- सम्म
आवश्यक कागजातहरुः-

१. दुलहा र दुलहीको नागरिकता प्रमाण पत्रको प्रतिलिपि;

२. कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली राजदुतावासबाट प्रमाणित अधिकृत वारेसनामा;

३. दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागत;

४. दुवै जनाको हालै खिचेको अटो साईजको फोटो

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- तुरुन्त (बुझ्नु पर्ने भएमा ७ दिन)
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय ( सम्बन्धित)
सेवा शुल्कः- जन्मेको ३५ दिन भित्र - निशुल्क / ३५ दिन कटेमा रु ५०/- सम्म
आवश्यक कागजातहरुः-

१. आमा/वाबुको नागरिकताको प्रतिलिपि;

२. स्वास्थ्य संस्था/अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन;

३. घरमा जन्म भएको भए पछिल्लो खो दिएको प्रमाण;

४. अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नुपर्ने ब्यक्ति स्वयंलाई उपस्थित गराउने वा सम्बन्धित वडा बाट जन्म दर्ता गर्नु पर्ने ब्यक्तिको जन्म प्रमाणीत गरेको कागज

५. विदेशी भएमा बाबु, आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि  तथा सम्बन्धित स्थानीय तहको वडा मा बसोबास रहेको प्रमाण;

६. भारतीय भएमा भारतीय नागरिक भनी पहिान खुल्ने प्रमाण;

७. बाबय वेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र ।

जानकारी